पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा शनिबार पोखरा आउँदैछन् । पोखरा आएर उनी विभिन्न सात वटा कार्यक्रममा सहभागी हुँदैछन् ।
उनी बिहान ८ देखि ९ बजेसम्म शिक्षक, प्राध्यापक, डेमोक्र्याटिक लयर्स एसोसिएसन, प्रेस युनियन, कर्मचारी युनियन, नेपाल ट्रेड युनियन काङ्ग्रेस, नेपाल इन्जिनियर एसोसिएसनसँग छलफलमा सहभागी हुनेछन् ।
साथै बिहान ९ देखि १० बजेसम्म उद्योगी, व्यापारी तथा पर्यटन व्यवसायीसँग, १० देखि ११ बजेसम्म आदिवासी जनजाति महासंघ, भूपू सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघका प्रतिनिधि छलफल गर्ने कार्यक्रम छ ।
यसैगरी बिहान ११ देखि १२ बजेसम्म महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, जनप्रतिनिधि, क्षेत्रीय समिति पदाधिकारी तथा सदस्य, पालिकाका पदाधिकारी तथा सदस्य, वडा पदाधिकारी तथा सदस्य, काङ्ग्रेसका अग्रज र शुभचिन्तकसँग भेटघाट गर्ने कार्यक्रम छ ।
दिउँसो १ देखि २ बजेसम्म नेपाल महिला संघ, नेपाल किसान महासंघ, यातायात व्यावसायी संघ, निर्माण व्यावसायी, दिउँसो २ देखि ३ बजेसम्म नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ ।
कार्यक्रमको सबै तयारी पूरा भएको कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
यस बीचमा उनी नेपाली कांग्रेस गण्डकी प्रदेशअन्तर्गतको प्रदेश तथा स्थानीय विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी हुनेछन् ।
सो कार्यक्रममा कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य, पार्टीका जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेश, नगर र गाउँपालिका सभापति, नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति, नगर, गाउँपालिका प्रमुख, उपप्रमुख तथा उपाध्यक्ष सहभागी हुनेछन् ।
महामन्त्री थापाले नेपाल मुस्लिम संघ गण्डकी प्रदेशको दोस्रो महाधिवेशनसमेत उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशन उद्घाटन पुस २० गते शनिबार बिहान ११ बजे पोखराको बास्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा हुने संघका गण्डकी प्रदेश सभापति शाह महम्मद मियाले जानकारी दिए ।
कार्यक्रम शनिबार बिहान १०ः३० बजेदेखि न्यूरोडस्थित होटल दीपसागरको हलमा हुने नेपाली कांग्रेस गण्डकी प्रदेशअन्तर्गतको प्रदेश तथा स्थानीय विभाग प्रमुख पूर्ण दाहालले जानकारी दिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा कार्यसम्पादन समिति सदस्य अजित क्षेत्रीका अनुसार कार्यक्रमको तयारी पूरा भएको छ । उनले कार्यक्रममा सहभागिताका लागि पार्टीका सबै तहमा पत्राचार गरिएको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution