पोखरा । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराका साथ आयोजित २०औँ लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकको आकर्षणको केन्द्र बनेको छ ।
हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आकर्षक प्रतिमा स्थापना गरेको हो ।
महोत्सवमा स्थापना गरिएको प्रतिमाले बालबालिकादेखि वृद्धवृद्धासम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमासँगै फोटो खिचाउनेदेखि टिकटिक बनाउनेसम्मको भिड लाग्ने गरेको छ ।
प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठ भन्छन्, बुद्धको प्रतिमाले महोत्सवमा दर्शकको ध्यान तान्न त सफल भएको छ नै त्यसबाहेक धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देश पनि प्रवाह गर्न सफल भएको छ ।
झण्डै तीन लाख ५० हजार रुपैयाँको लागतमा स्वदेशमा नै निर्माण भएको प्रतिमा महोत्सव पश्चात् लेखनाथमै उपयुक्त ठाउँको खोजी गरेर स्थापना गरिने आयोजकले जनाएको छ । यसले लेखनाथ क्षेत्रको धर्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजकको दावी छ ।
बिहीबारबाट शुरु भएको महोत्सवको दोस्रो दिन शुक्रबार १० हजार दर्शकले अवलोकन गरेका छन् भने र ३० लाख बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचारप्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।
महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकार रामजी खाँण, सरस्वती लामिछाने, मधु रसाईली, कृष्ण सुवेदी, सविना गुरुङ, केशव देवकोटा, शिवहरि ढुंगाना, उमादेवी खनाल, रमा गौतमले प्रस्तुति राखेका थिए । साँझ लाइभ कन्सर्टमा प्रकाश दूतराज र सञ्जिव सिंह रानाले स्टेज तताएका थिए ।
शुक्रबार महिला/आमा समूहका विच भएको हाजिरीजवाफ प्रतियोगितामा सरस्वती सामुदायिक महिला समूह सेमिफाइनल चरणमा प्रवेश गरेको छ भने विद्यालय स्तरीय नृत्यतर्फ तीन विद्यालयले प्रस्तुति राखेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution