गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नं १ मान्बुमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।
स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतेसिङ लामाको घर जलेर पूर्ण रुपमा नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीका अनुसार शनिबार साँझ ८ बजे खाना बनाउन लाग्दा ग्याँस बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर आगलागी भएको हो । पूर्णबहादुरको घरबाट आगो लाग्न शुरु भएको थियो ।
त्यही घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घर जलेको डीएसपी सुवेदीले बताए ।
आगलागी भएपछि स्थानीय र आरुघाट प्रहरीको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको र पीडितलाई राहतको व्यवस्था गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution