पोखरा । पर्वतको कुश्मा नगरपालिका-१० पीपलटारीमा आज बिहान आगलागी हुँदा जलेर एक महिलाको ज्यान गएको छ ।
खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
सोही घटनामा घरधनी ५२ वर्षीय ध्रुव रेग्मी गम्भीर घाइते भएका छन् ।
उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए ।
रेग्मीलाई तत्कालै जिल्ला अस्पतालमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा ल्याइएको हो । घटनास्थलमा प्रहरी पुगेर आगाे नियन्त्रणमा लिएकाे थियाे ।
पाैडेलकाे शव जिल्ला अस्पतालमा राखिएकाे र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution