पोखरा । पोखरा महानगरपालिका वडा नं २७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजको सञ्चालक समिति अध्यक्षमा सुमन भट्टराई चयन भएका छन् ।
समितिको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले भट्टराईलाई सर्वसम्मत चयन गरेको हो ।
सञ्चालकमा बलराम ढकाल, भरतकुमार अधिकारी, यदुराज आचार्य, मधुसुदन सापकोटा, हरिबहादुर बुढाथोकी, सोमनाथ बास्तोला, शान्ति खनाल र विनोद लामिछाने छन् ।
सञ्चालक समितिले मुक्तिनाथ सापकोटालाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।
यसैगरी राजेन्द्रमणि लामिछाने, बाबुराम गिरी, छत्रधर आत्रेय, विष्णुप्रसाद बराल र लोकराज ढकाललाई सल्लाहकारमा चयन गरेको छ ।
कलेजले त्रिभुवन विश्वविद्यालयबाट गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरेपछि अध्ययनका लागि नयाँ कार्यक्रम थप गर्ने जनाएको छ ।
यसैगरी आवश्यक पूँजी जुटाउन सर्वसाधारणमा आइपीओ जारी गर्न सम्भाव्यता अध्ययनका लागि समिति गठन गर्ने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution