आज दुई पटक अमृत बेला परेको छ, शिवजीको प्रिय दिनमा राशिफल कस्तो होला ?

  • पोखरा न्यूज
  • २०८१ पौष २२
आज दुई पटक अमृत बेला परेको छ, शिवजीको प्रिय दिनमा राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ पुस २२ गते सोमबार, इस्वीसंवत जनवरी ६ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको सप्तमी तिथि साँझमा ६ः४३ बजेसम्म त्यसपछि अष्ठमी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा साँझमा ७ः५३ त्यसपछि रेवति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा परिध ५० घटि २९ पलासम्म त्यसपछि शिव लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा मीन राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ०२ पला अर्थात १० घण्टा २८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५७ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः२२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ११ः१५ बजे र अस्ताउने समय रातिमा ११ः५८ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज सरकारी कर्मचारीबाट घुस मागिने सम्भावना बलियो छ । ईष्टमित्रसँग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ । स्वास्थ्यमा कुनै प्रकारको गडबढी हुनसक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले आज विशेष सतर्क हुनुहोला ।

वृष : आज समय शुभ रहनेछ, मानसिक प्रसन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रबाट सम्मान पाइने योगसमेत देखिन्छ ।

मिथुन : आज समय मध्यम खालको छ । स्वास्थ्यमा सुधार आउने छ । सामाजिक सङ्घ/संस्था, चित्रकला, साहित्य, सङ्गीत, पत्रकार एवं होटल व्यवसाय लगायतमा संलग्न हुनुहुन्छ अथवा तपाइँ गाडी चालक हो भने निश्चित रूपमा आज फाइदामा रहनु हुनेछ । धार्मिक यात्रा फलदायी रहने देखिन्छ ।

कर्कट : आज समय खराब रहनेछ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिसँग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानीमात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला ।

सिंह : आज समय शुभ छैन । आफ्नै व्यक्तिसँग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबढी हुन सक्नेछ खानपानमा विशेष ध्यान पुर्‍याउनुहोला । चिसो, शूल-वायुको सम्भावना, गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ ।

कन्या : आज पनि समय राम्रै छ । टाढा नगद प्राप्त हुनेछ । नवीन कार्यको विचार विमर्श, आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारको लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला ।

तुला : आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । वादविवाद तथा कुनै प्रतिस्पर्धात्मकमा आफ्नो जीत हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ। दाम्पत्य जीवन सुखमय, विद्या, वुद्धिको विकास हुनेछ ।

वृश्चिक : आज विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ ।

धनु : आज समय अत्यन्तै खराब छ । पेटको खराबी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता, लेनदेन जग्गा जमिनसम्बन्धी कार्यमा विवाद, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् ।

मकर : आज स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुनेछ । नयाँ पुराना सबै मित्रसँग भेट हुन पाइने मौका रहनेछ । तीर्थ यात्रा तथा लेनदेन समेत फलदायी हुनेछ ।

कुम्भ : आज मनमा विना कामको चिन्ता थपिने, दाजुभाइबीचको सम्बन्ध पनि सुमधुर नरहने, आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ, आज काममा समेत उतारचढाव नआउला भन्न सकिन्न, तर मनोरञ्जन तथा राजनीतिक क्षेत्रमा सहभागी हुन पाइनेछ ।

मीन : आज धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्यवाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

साइत : सूर्य धनु राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले आज उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५३ बजेदेखि ८ः११ बजेसम्म अमृत बेला
बिहान ८ः११ बजेदेखि ९ः२९ बजेसम्म काल बेला
बिहान ९ः२९ बजेदेखि १०ः४७ बजेसम्म शुभ बेला
बिहान १०ः४७ बजेदेखि १२ः०५ बजेसम्म रोग बेला
दिनमा १२ः०५ बजेदेखि १ः२३ बजेसम्म उद्धेग बेला
दिनमा १ः२३ बजेदेखि २ः४१ बजेसम्म चर बेला
दिनमा २ः४१ बजेदेखि ३ः५९ बजेसम्म लाभ बेला
दिनमा ३ः५९ बजेदेखि ५ः१७ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१७ बजेदेखि ६ः५९ बजेसम्म काल बेला
साँझ ६ः५९ बजेदेखि ८ः४१ बजेसम्म शुभ बेला
राति ८ः४१ बजेदेखि १०ः२३ बजेसम्म रोग बेला
राति १०ः२३ बजेदेखि १२ः०५ बजेसम्म उद्धेग बेला
राति १२ः०५ बजेदेखि १ः४७ बजेसम्म चर बेला
राति १ः४७ बजेदेखि ३ः२९ बजेसम्म लाभ बेला
रातिमा ३ः२९ बजेदेखि ०५ः११ बजेसम्म अमृत बेला
रातिमा ०५ः११ बजेदेखि ६ः५३ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि साँझमा ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस