पोखरा । मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ३० गगनगौंडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरी छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार शनिबार बिहान घरपझोङ गाउँपालिका वडा नं ४ जोमसोमस्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेका थिए ।
घटनाको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले उनको उद्दार गरी अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले ठकुरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
प्रहरीका अनुसार उनको शव आइतबार पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइएको छ ।
ठकुरी जोमसोममा इलोक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका थिए । उनी कोठाबाट पसल आउने क्रममा पुलबाट खसेको प्रहरीको भनाइ छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution