पोखरा । भिन्तुना युवा क्लब पोखरा-३ तेर्सापट्टीको आयोजनामा भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता यही पुस २६ र २७ गते गैह्रापाटनस्थित स्पोट्र्स क्यासलमा हुनेछ ।
प्रतियोगिता विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, उपिवजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँसिहत ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्ने अर्थ संयोजक राजन श्रेष्ठले जानकारी दिए ।
साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र फेयर प्ले टिमले जनही पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितामा क्वाटरफाइनलपछि हरेक खेलको म्यान अफ दि म्याचलाई एक हजारसहित ट्रफी प्रदान गरिने उनले बताए ।
प्रतियोगितामा सहभागी हुने टिमका लागि दर्ता शुल्क छ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
आयोजक भिन्तुना युवा क्लब २०५९ सालमा स्थापना भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution