नेपाल मुस्लिम संघ गण्डकीको अध्यक्षमा हा. शाह महमद मिया निर्वाचित

पोखरा । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ गण्डकी प्रदेशको अध्यक्षमा पुनः हा.शाह महमद मियाँ निर्वाचित भएका छन् । संघको पोखरामा सम्पन्न दोस्रो अधिवेशनले स्याङ्जा निवासी मियालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको उपसभापतिमा कास्कीका अब्दुल मजिद मिया, गोरखाका सलावत दिन मिया र लमजुङकी खानुन मिया (महिला) निर्वाचित भए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संघको सचिवमा तनहुकी अमिना बेगम मिया र गोरखाका जमिल मिया छन् । यस्तै सहसचिवमा स्याङ्जाका मोहमद मिया र ईकवाल मिया तथा कोषाध्यक्षमा कास्कीका जुनेद अहमद निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।

प्रदेश समितिको सदस्यमा तनहुँका महम्मद हुसेन मिया, लमजुङका सायरा खातुन, मसिनी मिया, कास्कीका अब्दुल हाकिम मिया, स्याङ्जाकी फरिदा बानु, पर्वतका सैजुन मिया र मोहम्मद क्रिम मिया छन ।

यस्तै सदस्यमा नवलपुरका मुनिर अलि, स्यांग्जाका मो.आजाद मिया र हा. अहमद मिया, गोरखाका बाबुदीन मिया, गोरखाका मोहम्मद मिया र स्याङ्जाका फारुक शाहा छन् ।

यसअघि अधिवेशन उद्घाटन कांग्रेस महामन्त्री गगन कुमार थापाले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख अब्दुल सतार, कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, गोविन्द भट्टराई, गुरु बराल, सरस्वती अर्याल तिवारी, अजयबाबु शिवाकोटी, नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष डा अताबुल मन्सुरी, कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, उपसभापति मेखलाल श्रेष्ठ, नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष नुर मोहम्मद मिया, कोशी प्रदेशका अध्यक्ष इसरायल मन्सुरी, केन्द्रीय सचिवद्वय सराफत अलि मिया र रहम तुला मिया, गण्डकी प्रदेशका उपाध्यक्ष रफत सना, गण्डकीका प्रेस रजिष्टार बिमला भण्डारीलगायतले बोलेका थिए ।

Back to top button