बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

ढाका । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गरेको छ । शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको बंगलादेशका स्थानीय मिडियाले जनाएका छन्  ।

तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू रहेका छन् । उनीहरूमाथि जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोप छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसबाट स्पष्ट हुन्छ कि यदि शेख हसिनाले भारतबाट बंगलादेश आउन खोजिन भने उनलाई तत्काल पक्राउ गरिनेछ । यसअघि मंगलबार बिहान शेख हसिना र अन्य १५ जनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ९आईसीटी० मा अर्को उजुरी परेको थियो।

जसअनुसार सन २०२१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको क्रममा भएको कथित गोलीबारी पनि समेटिएको छ । शफिकुल इस्लाम मुफ्तीले दायर गरेको उजुरीमा भनिएको छ कि २०२१ मा जब प्रधानमन्त्री मोदी आए, त्यहाँ विरोध भइरहेको थियो।

त्यसबेला शेख हसिनाको सरकारले प्रदर्शनकारी माथि अन्धाधुन्ध गोली चलाएको थियो, जसमा शफिकुल इस्लाम मुफ्तीका १७ वर्षीय छोराको मृत्यु भएको थियो। धेरै निर्दोष मानिस मारिएका थिए।

राष्ट्रिय नागरिक समितिका सदस्य सचिव अख्तर हुसेनले भने,  ‘हामीले शेख हसिना, तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल र पूर्व सांसद राम ओबैदुल मुक्तदिर चौधरीसहित १६ जनाविरुद्ध मुद्दा दर्ता गरेका छौँ ।

यी व्यक्तिहरू चटगाउँ, ब्राह्मणबारिया र ढाकामा धेरै निशस्त्र नागरिकहरूको हत्या गरेको आरोप छ। सरकारी तथ्याङ्क अनुसार कम्तीमा १७ जना मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button