कांग्रेस नेता शेखर कोइरालाले बेलायतको संसद्मा सम्बोधन गर्ने

  • पोखरा न्यूज
  • २०८१ पौष २४
कांग्रेस नेता शेखर कोइरालाले बेलायतको संसद्मा सम्बोधन गर्ने

पोखरा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्मा सम्बोधन गर्ने भएका छन् ।

उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।

नेता कोइराला बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस