पोखरामा सर्वदलीय बैठक, के-के बिषयमा भयाे छलफल ?

  • पोखरा न्यूज
  • २०८१ पौष २४
पोखरामा सर्वदलीय बैठक, के-के बिषयमा भयाे छलफल ?

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको आह्वानमा सर्वदलीय बैठक बसेको छ ।

विभिन्न विषयमा छलफल गर्नका लागि नगर प्रमुख आचार्यको आह्वानमा सुरक्षा निकायका प्रमुखसहितको सर्वदलीय बैठक बसेको हो ।

बैठकमा कास्कीमा क्रियाशील सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, तीन वटै सुरक्षा निकायका प्रमुख, पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईलगायत सहभागी थिए ।

बैठकमा पृथ्वीराजमार्ग विस्तारका क्रममा हटाउनु पर्ने शिवचोकस्थित पोखरा गेट, अमरसिंहचोकस्थित सहिद अमरसिंह थापाको सालिक, नयाँ एयरपोर्ट नजिकैको चोकको नामकरण र पृथ्वी जयन्तीलगायतका बिषयमा दलका बिचमा छलफल भएको छ । यी विषयमा सहभागीले आआफ्ना धारणा राखेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस