पश्चिमी वायुको प्रभाव : चिसाे कायमै, कति छ पाेखराकाे तापक्रम ?

  • पोखरा न्यूज
  • २०८१ पौष २५
पश्चिमी वायुको प्रभाव : चिसाे कायमै, कति छ पाेखराकाे तापक्रम ?

पाेखरा। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकाे प्रभावले गण्डकी प्रदेशकाे राजधानी पाेखरामा अन्य दिनकाे तुलनामा आज बढी चिसाे महसुस गरिएकाे छ।

पाेखरामा अहिले बिहानकाे न्यूनतम् तापक्रम ६ डिग्री रहेकाे छ भने अधिकतम् तापक्रम १७ डिग्री पुग्ने अनुमान गरिएकाे छ । पाेखरामा अहिले बिहानकाे माैसम धुम्म छ ।

यस्तै कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।

साथै तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस