ट्याक्टर दुर्घटना खत्रीको घटनास्थलमै मृत्यु, चालक फरार

  • पोखरा न्यूज
  • २०८१ पौष २५
ट्याक्टर दुर्घटना खत्रीको घटनास्थलमै मृत्यु, चालक फरार

सल्यान । सल्यानमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं १ मयानीका ४९ वर्षीय क्षेत्रबहादुर खत्री छन् ।

सल्यान प्रहरीका अनुसार भालुमारेदेखि मयानी जाँदै गरेको लु.प्र०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले ट्याक्टर सडकबाट केही तल खसेको छ । ट्याक्टर चालक भने फरार रहेको र खोजी कार्य भइरहेको उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस