रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

  • पोखरा न्यूज
  • २०८१ पौष २५
रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

|तस्बिर : सुदर्शन रञ्जित

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको बताइएको छ ।

कास्की जिल्ला अदालतमा यही पुस १६ गतेदेखि लामिछानेसहित उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक भइरहेकोमा आज सकिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको थियो ।

सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय कास्कीले अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा अघि बढाइएको थियो ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको थियो भने लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस