पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लीला पछाइलाई ३७ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । जिल्ला अदालत कास्कीले पछाईलाई ३७ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले आज रावि लामिछानेलाई ६५ लाख, छाविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
कास्की जिल्ला अदालतमा यही पुस १६ गतेदेखि लामिछानेसहित उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक भइरहेकोमा आज सकिएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको थियो ।
सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय कास्कीले अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा अघि बढाइएको थियो ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको थियो भने लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution