रामबहादुर खनाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा व्यवसायी रामबहादुर खनाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।

जिल्ला अदालत कास्कीले खनाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले आज रावि लामिछानेलाई ६५ लाख, छाविलाल जोशीलाई ८८ लाख, लीला पछाईलाई ३७ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

यस्तै, सोही सहकारी प्रकरणमा आरती गुरुङ र मीना गुरुङलाई जनही पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

कास्की जिल्ला अदालतमा यही पुस १६ गतेदेखि लामिछानेसहित उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक भइरहेकोमा आज सकिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको थियो ।

सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय कास्कीले अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा अघि बढाइएको थियो ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको थियो भने लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button