पोखरा महोत्सव शुरु

पोखरा । युनाइटेड क्लबको आयोजनामा पोखरामा १३औँ पोखरा महोत्सव शुरु भएको छ । महोत्सवको बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरे ।

उद्घाटन कार्यक्रममा मन्त्री गुरुङ, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, सांसद मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा-१२ का अध्यक्ष सन्तोष बास्तोला, युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठलायतले बोलेका थिए ।

क्लब अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद दामोदर बैरागी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, राष्ट्रिय प्रकृति तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ, बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका लेखा समिति संयोजक धर्मराज भण्डारी, गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा, क्लबका महासचिव दिनेश सुनार, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनालगायतले बोलेका थिए ।

कार्यक्रममा पत्रकार कृष्णमणि बराल, भ्लगर सञ्जय पुन, पर्यटन अभियान्ता चन्द्रकान्त बराल र प्र्रेमबहादुर जिसीलाई सम्मान गरिएको थियो ।

महोत्सवको उद्घाटन पूर्व पोखराको आयोजित झाँकी प्रतियोगितामा नेपाल मगर संघ इकाइ समिति पोखरा-१५ प्रथम भएको छ ।

यस्तै, द्वितीय ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय, तृतीय क्षेत्री समाज नेपालको (साराङ नाच) र सिद्धेश्वर भजन मण्डल पोखरा-१५ सिद्धेश्वर भजन समूह पोखरा-१५ ले सान्त्वना स्थान हाँसिल गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले २०, द्वितीय हुनेले १५ हजार र तेस्रो हुनेले १० र सान्त्वना स्थान हाँसिल गर्ने तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

र्‍यालीतर्फ स्वर्णिम टोल महिला समूह पोखरा-१० प्रथम, सानी मझुवा आमा समूह पोखरा-१५ द्वितीय, सिमलमार्ग टोल विकास संस्था पोखरा-१० तृतीय र रुकुमेली एकता समाजले सान्त्वना स्थान हाँसिल गर्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button