पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभाको संसदीय दलको सचेतकमा प्रकाश बराललाई चयन गरिएको छ ।
बुधबार साँझ सम्पन्न कांग्रेसको प्रदेश संसदीय दलको बैठकले बराललाई सचेतक बनाउने निर्णय गरेको हो । लामो समयको प्रतिक्षापछि कांग्रेसले दलको सचेतकको जिम्मेवारी तोकेको हो ।
संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदीय दलको पदाधिकारी नियुक्त गर्न नसकेको भन्दै सांसदबाट र बाहिरबाट समेत आलोचना भएको थियो ।
प्रदेश सभामा निर्वाचित भएको दुई वर्ष पूरा भइसक्दासमेत कांग्रेस संसदीय दलले पूर्णता पाउन नसकेको भन्दै नेतृत्वको आलोचन स्वयं सांसदबाट हुने गरेको थियो ।
कांग्रेस दलका नेता पाण्डे प्रदेशको मुख्यमन्त्री भए पनि उनले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने नन्दप्रसाद न्यौपानेलाई संसदीय दलको प्रमुख सचेतक र कास्कीबाट प्रतिनिधित्व गर्ने बिन्दुकुमार थापालाई संसदीय दलको उपनेता बनाउने बाहेक अरु कसैलाई पनि जिम्मेवारी दिएका थिएनन् ।
बुधबार पोखरामा भएको कांग्रेस संसदिय दलको बैठकले संसदीय दल कार्यसमितिलाई पूर्णता दिने क्रममा दलको कोषाध्यक्षमा अशोककुमार श्रेष्ठ र सदस्य सचिवको जिम्मेवारी सरस्वती अर्याल तिवारीले पाएकी छन् ।
दलको कार्यसमिति सदस्यमा कल्पना तिवारी, दीपेन्द्रबहादुर थापा, दीलमाया पौवी, द्रोणकुमार कुँवर र रेखा गुरुङ चयन भएका छन् ।
यसैगरी दलको बैठकले जितप्रकाश आलेको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरेको छ । उक्त समितिको सदस्यमा सरस्वती गुरुङ र नम्दु गुरुङलाई चयन गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution