पोखरा । नेशनल प्याव्सन कास्कीले २६औँ स्थापना दिवस विविध कार्यक्रको आयोजना गरी मनाएको छ । उक्त अवसरमा एनप्याव्सन कास्कीमा आवद्धमध्ये ३३ विद्यालयका एक सय ४५ जना शिक्षक र कर्मचारीलाई सम्मान गरिएको छ ।
एनप्याव्सन कास्कीका आवद्ध विद्यालयमा १५ वर्षसम्म निरन्तर काम गरेका शिक्षक र कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको हो ।
साथै भूतपूर्व खेलाडी मञ्च कास्कीका संस्थापक अध्यक्ष तथा पूर्वखेलाडी खड्गबहादुर रानाभाटलाई सम्मान गरिएको थियो । उनलाई खेलकुद सेवा सम्मानबाट २५ हजार रुपैयाँ नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
स्थापना दिवसकै अवसरमा २०६१/०६२ सालमा स्थापना भएका एनप्याव्सनमा आवद्ध विद्यालयलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने विद्यालयमा गण्डकी एकेडेमी, ओयसिस सेकेण्डरी स्कुल, बड्स एकेडेमी, बागमारा एकेडेमी र न्यू लेखनाथ पब्लिक एकेडेमी छन् ।
यसैगरी २०८० सालको एसईईमा शतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने विद्यालयमा अल्फा एकेडेमी, बालप्रतिभा वोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेण्डरी स्कुल, होली माउण्ट इङ्लिस स्कुल, कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, लेखनाथ मोमोरियल इङ्लिस बोर्डिङ स्कुल, मर्निङ्ग ग्लोरी एकेडेमिक स्कुल, पुष्पसदन एकेडेमी कास्की, पायोनियर इङ्लिस एकेडेमी छन् ।
यस्तै २०८० सालको एसईई परीक्षामा एनप्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याइ उत्तीर्ण हुने छात्रतर्फ न्यू ग्यालेक्सीका अभिनित प्रधान र छात्रातर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकी आकृति पन्तलाई सम्मान गरिएको थियो ।
साथै कास्की मोडर्नाइज्ड एकेडेमीका गौरव सापकोटा र अलिसा श्रेष्ठ तथा बड्स एकेडेमीकी विमला पौडेलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । उनीहरुलाई जनही १० हजार रुपैयाँ नगद, सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
स्थापना दिवसकै अवसरमा प्रकाशित स्मारिका विमोचन गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संस्थागत विद्यालयका समस्या समाधान गर्नका लागि महानगर सधैँ सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दराज पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्का, सम्मानित व्यक्तित्व खड्गबहादुर रानाभाट, नेशनल प्याव्सन गण्डकी प्रदेश अध्यक्ष रामबहादुर मोची, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी अध्यक्ष कृष्णप्रसाद पोख्रेल, लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलका विष्णुहरि पौडेलले बोलेका थिए ।
संस्थाका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution