लेखनाथ महोत्सवमा सर्वाधिक दर्शक र कारोबार ?

  • पोखरा न्यूज
  • २०८१ पौष २७
लेखनाथ महोत्सवमा सर्वाधिक दर्शक र कारोबार ?

पोखरा । बीसौँ लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । शनिबार एकै दिनमा एक करोड ३५ लाख रुपैयाँको कारोबार भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सव १०औँ दिनसम्म जारी रहँदा हालसम्म पाँच करोड ८५ लाख रुपैयाँको कारोबार भएको बताइएको छ । महोत्सवमा शनिबार ४० हजार दर्शक सहभागी भएको दावी गरिएको छ । हालसम्म एक लाख ९० हजार दर्शक महोत्सवमा सहभागी भएको संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा शनिबार लोकदोहोरी कलाकार सुप्रिम मल्ल ठकुरी, आशा बिसी, कृष्ण अखेली, रमा राना, जीवन दाहाल, शिवहरि ढुंगानालगायतले प्रस्तुति राखेका थिए भने बेलुका राजु लामाको लाइभ व्याण्ड मंगोलियन हर्टको प्रस्तुतिले स्टेज तताएको थियो ।

महोत्सवमा आइतबार लोकदोहोरी कलाकार खुमन अधिकारी, प्रीति आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु विकलगायतले प्रस्तुति राख्नेछन् भने बेलुका लाइभ कन्सर्टमा भाष्करध्वज श्रेष्ठको डिमर्चा व्याण्डको प्रस्तुति रहने कलाकार व्यवस्थापन उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस