कोलम्बियामा विमान दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ पौष २७
कोलम्बियामा विमान दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

पाेखरा। उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीले शुक्रबार पुष्टि गरेका छन् ।

प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए ।

एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले भने,“दुर्भाग्यवश, त्यहाँ कोही पनि बाँचेका छैनन् । हामीसँग साइटमा ३७ जना कर्मचारी काम गरिरहेका छन्, प्रतिकुल मौसमी अवस्थाले रिकभरी प्रक्रियालाई जटिल बनाएको छ ।”

“हामीले यो प्रक्रियालाई सकेसम्म छिटो र प्रभावकारी बनाउन प्रयास गरिरहेका छौं,” उनले थपे ।

प्यासिफिक ट्राभलले विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

“हामी सधैं तिनीहरूको साथमा रहनेछौं, यस दु:खद् घटनाबाट उत्पन्न हुने हरेक आवश्यकतालाई पूरा गर्नेछौ ।”



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस