पोखराको तापक्रम बढ्दै, आज बर्षा होला ?

  • पोखरा न्यूज
  • २०८१ पौष २८
पोखराको तापक्रम बढ्दै, आज बर्षा होला ?

पाेखरा। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहकाे छ। जसकाे प्रभावले गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ ।

गण्डकी प्रदेशकाे राजधानी पाेखरामा चिसाे केही कमी महसुस भएकाे छ । आज बिहान करिब ९ बजेकाे पाेखराकाे तापक्रम ११ डिग्री सेल्सियस रहेकाे छ । आज अधिकतम् तापक्रम १७ डिग्री सेल्सियस पुग्ने आकलन गरिएकाे छ ।

पाेखरामा आज बिहानकाे माैसम धुम्म भएकाे छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हिमपात हुने स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस