मकवानपुर । मकवानपुरमा शनिबार स्कार्पियो र कार ठोक्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी चितवन राप्ती नगरपालिका वडा नं २ गड्यौलीकी ५० वर्षीय सुनिता श्रेष्ठको उपचारको क्रममा मृत्यु भएकाे हाे ।
यसअघि कार चालक हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको थियो ।
वीरगञ्जबाट चितवन आउँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौंडा जाँदै गरेको बा१६च ८३२४ नम्बरको कार पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरी-६ मा ठोक्किएका थिए ।
दुर्घटनामा १४ जना घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
कारलाई ठक्कर दिने स्कार्पियो चालक पर्साको वीरगञ्जका २० वर्षीय किशन जैसवाल फरार रहेको र उनको खोजी भइरहेको डीएसपी अर्यालले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेमा कारमा सवार चितवनको राप्ती-२ गड्यौली बस्ने ५५ वर्षीय ओमकुमार श्रेष्ठ र २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार पर्साको वीरगञ्ज-२ छपकैया बस्ने २६ वर्षीय पूजादेवी शाह, सोही ठाउँकी ८ वर्षीया प्रियान्सी शाह, २३ वर्षीया सुरदी देवी र २१ वर्षीया निशाकुमारी शाह छन् ।
यसैगरी, वीरगञ्ज-२ छपकैयाका १५ वर्षीय ओमशंकर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षकी आरतीकुमारी साह, ४ वर्षीया दिव्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा पनि घाइते भएको डीएसपी अर्यालले जानकारी दिए । घाइते सबैकाे चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेकाे छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution