पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आज आइतबार सुनको भाउ प्रतितोला एक हजार छ सय रुपैयाँले वृद्धि भएको हो ।
मूल्य बढेसँगै आज सुनको बजार भाउ एक लाख ५४ हजार एक सय रुपैयाँ पुगेको छ । शुक्रबार सुनको भाउ एक लाख ५३ हजार तीन सय रुपैयामा कारोबार भएको थियो ।
पोखरा बजारमा सुनको भाउ एक लाख ५४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यसैगरी आज असली चाँदीको भाउ पनि पाँच रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको बजार भाउ एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ एक हजार आठ सय ४० रुपैयाँ थियो ।
पोखरा बजारमा आज चाँदी एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution