पुराना पदमार्गलाई पर्यटनसँग जोड्न हाइकिङ महत्वपूर्ण : सांसद बराल

  • पोखरा न्यूज
  • २०८१ पौष २८
पुराना पदमार्गलाई पर्यटनसँग जोड्न हाइकिङ महत्वपूर्ण : सांसद बराल

पोखरा । हाइकर्स क्लब नेपालको प्रथम साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ महत्वपूर्ण भएको बताए ।

उनले अभियानले लामो समयको अनुभव र निरन्तरतापछि संस्थागत रुप पाएकोमा भन्दै गाउँको पुराना पदमार्गलाई पर्यटनसँग जोड्दै पर्यटन प्रवद्र्घनको दूतको रुपमा हाइकर्स क्लबको भूमिका महत्वपूर्ण हुने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ लम्व्याउनका हाइकिङ उत्तम माध्यम भएको बताए ।

पोखरा महानगरपालिकाका पर्यटन विकास समिति उपाध्यक्ष रवीन्द्रराज पौडेलले पोखरा भ्रमण वर्ष २०२५ को घोषणा हुने क्रममा रहेको भन्दै क्लबलाई साथ र सहयोग गर्न महानगर तयार रहेको बताए ।

राष्ट्रिय पर्यटन परिषदका पूर्व सदस्य एवं पोखरा-२१ का पूर्व वडाध्यक्ष खगराज आचार्यले पर्यटन प्रवद्र्घनको स्पष्ट मार्गचित्र कोरेर दीर्घकालीन योजना बनाएर नै हाइकिङ अभियानलाई अघि बढाउन सुझाव दिए ।

एसियन फोरमका अध्यक्ष पार्वती पौडेल रेग्मी, सम्मानित व्यक्तिको तर्फबाट प्रविण तुलाचनले पनि कार्यक्रममा बोलेका थिए ।

कार्यक्रममा हाइकिङ अभियानलाई सुरुवाती दिनमा नेतृत्व गर्न भूमिका खेल्ने प्रवीन तुलाचन, ज्येष्ठ नागरिक भएर पनि निरन्तर हाइकिङमा सहभागी हुने यमबहादुर रानाभाट र सशीला रानाभाटसहित सरस्वती अधिकारीलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान स्याङ्जाका अध्यक्ष नेत्र खड्काले हाइकिङसँग सम्बन्धित सांगीतिक प्रस्तुति राखेका थिए ।

सभामा कोषाध्यक्ष टीका आचार्य सुवेदी र र सचिव मधु अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

क्लबमा २८ जना आजीवन र ४० जना साधारण सदस्य रहेको सचिव अधिकारीले जानकारी दिए ।

क्लब अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममासदस्य तिलक थापाले स्वागत, सचिव मधु अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यस पटक ५४औँ हाइकिङ पाखरा-१७ डयामसाइड रानीवन हुँदै पोखरा-२२ कोदीस्थित झण्डापार्कसम्म भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस