बीसौँ लेखनाथ महोत्सव सफलता उन्मुख

  • पोखरा न्यूज
  • २०८१ पौष २८
बीसौँ लेखनाथ महोत्सव सफलता उन्मुख

पोखरा । बीसौँ लेखनाथ महोत्सव दर्शकको साथले सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन् । महोत्सवको ११औँ दिनसम्म आइपुग्दा दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार भएको भन्दै महोत्सव सफलतातर्फ अघि बढेको आयोजकले दावी गरेको हो ।

‘महोत्सव ११औँं दिनसम्म आइपुग्दा हरेक दिन दर्शकको भीडभाड देखिएको छ’, महोत्सव आयोजक मूल समिति संयोजक विनोद श्रेष्ठले भने, ‘महोत्सव सफलता उन्मुख भएको देखिएको छ, दर्शकको उत्साहजन सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ ।’

महोत्सव सफल बनउन यहाँका व्यवसायी तथा आमसर्वसाधारण र सरोकारवालाको महत्वपूर्ण भूमिका रहेको भन्दै अध्यक्ष श्रेष्ठले महोत्सवमा राखिएको स्थानीय उत्पादन तथा कृषि स्टलमा पनि दर्शकले निकै चासो राखेको पाइएको बताए ।

महोत्सवमा रहेका गतिविधिप्रति दर्शकको निकै रुची र चासो देखिएको भन्दै महोत्सवका सहसंयोजक राजेन्द्र ओझाले भने, “बालबालिकादेखि बृद्धबृद्धासम्मका लागि मनोरञ्जन लिने एउटै साझा मञ्च लेखनाथ महोत्सव सावित भएको छ, महोत्सव अन्त्यतिर आइपुग्दा धेरै उत्साहजनक नै छ, दर्शकको माया र सहभागिताले आयोजकलाई थप उर्जा थपेकोे छ ।”

आयोजकलाई आगामी दिनका लागिसमेत उर्जा थपेको भन्दै उनले बताए । माघ १ गते महोत्सव समापन हुने भएकाले यस पटकको महोत्सवले पनि लक्ष्य बराबरकै सफलता हात पार्न सक्ने अनुमान गरिएको छ ।

करिब दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको थियो । महोत्सवको ११औँ दिन आइतबार ३० दर्शकको सहभागिताले समापनको दुई दिन अघि नै लक्ष्यको नजिक पुगेको प्रचार प्रसार समिति संयोजक जानुका अधिकारीले जानकारी दिइन् ।

महोत्सवमा आएका दर्शकले केही न केही सामग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा व्यापारको कारोवार पनि बढेको लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुवबाबु भट्टराईको भनाइ छ ।

उनले भने, ‘हामीले करिब नौ करोड बराबरको कारोवार हुने अनुमान गरे पनि ११औँ दिनसम्ममा नै लक्ष्यको नजिक पुगेका छौँ महोत्सवले उच्च सफलता हात पार्नेमा विश्वस्त छौँ ।’

आइतबार मात्र ३० हजार दर्शकले महोत्सव अवलोकन गरे भने एक करोड १० लाख बरावरको आर्थिक कारोबार भएको छ । हालसम्म छ करोड ९५ लाख बरावरको कारोवार भएको प्रसार संयोजक पराजुलीले जानकारी दिइन् ।

महोत्सवमा आइतबार लोकदोहोरी कलाकार खुमन अधिकारी, प्रीति आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु विकलगायतले प्रस्तुति राखेका थिए । साथै साँझ लाइभ कन्सर्टमा भाष्करध्वज श्रेष्ठको डिमर्चा व्याण्डले स्टेज तताएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस