पोखरा । साहित्य, कला र संगीतको त्रिवेणीको काम गरिरहेको पोखराको एउटा पुरानो वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले यसपटक काठमाडौँको अर्को एउटा पुरानो संस्था गुन्जन नारी साहित्यिक सस्थालाइ निम्तो दियो, नारी स्रष्टा विशेष कवि गोष्ठीमा आउनका लागि ।
जुन संस्थामा थिए हजुरआमा उमेर समूहका अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठ, वरिष्ठ आख्यानकार पद्मावती सिंह, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ र साहित्यकार तथा प्राज्ञ शुलोचना मानन्धर धिताल । उमेरले ७० नाघे पनि जोश भने अझै पनि तन्नेरी ।
दर्शक दिर्घामा स्रोता थिए नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कवि मन्जुल, डा. सरोज धिताल, रङ्गकर्मी प्रकाश घिमिरे लगायत । हलभरि खचाखच दर्शक स्रोता ।
६५ बर्ष अघि आँफूले घर टोलबाटै बिद्रोह गरेरै भए पनि पढ्नुपर्छ भनेर छरछिमेकका दिदीबहिनी बटुलेर पाठशाला गएकै कारण आज ढुक्कसँग बोल्न र आफ्ना सिर्जना सुनाउन सकेको बताउँदै थिइन् आख्यानकार जलेश्वरी श्रेष्ठ ।
पुरुष प्रधान समाजमा हुर्केकाले केही त्यस्ता अन्धविश्वास थिए, जुन अन्धविश्वास हजुरआमा र आमा मान्दै आएका थिए । तीमध्ये केही अन्धविश्वासको पर्खाल भत्काउन सफल भएकोमा उनले खुशी व्यक्त गरिन् । आँफूले साहित्य लेख्दा अँध्यारो मुख लगाएर हिँड्नुपर्ने समय थियो तर आज साहित्य लेख्ने दिदीबहिनीको मुख उज्यालो देख्न पाउँदा आफूले पाएको दुःख बिर्सेको उनले बताइन् ।
पोयुसांपकी अध्यक्ष रीता अधिकारीले स्वागत मन्तव्यसँगै आफ्नो सिर्जना वाचन गरेर नारी स्रष्टा विशेष कवि गोष्ठीको थालनी गरिन् ।
प्राज्ञ हरिदेवी कोइरालाले माछापुच्छ्रको आँगन फेवातालमा नारी स्रष्टाका सिर्जना साटासाट गरी सुन्न पाएकोमा खुशी व्यक्त गर्दै निरन्तरताका लागि पहल गर्ने बताइन् ।
नारी स्रष्टा विशेष कवि गोष्ठीमा पोखरा बहिरबाट पद्मावती सिंह, भागिरथी श्रेष्ठ, इल्या भट्टराई, सिर्जना शर्मा, उपमा आचार्य, शान्ति पराजुली, गीता कार्की, कमला सृष्टि शाक्य, सन्ध्या पहारी, सुस्मिता नेपाल, डा रेणुका सोलु, डा रजनी ढकाल, सुलोचना मानन्धर, डा ज्ञानु पाण्डे र पोखराबाट हरिदेवी कोइराला, सरस्वती प्रतीक्षा, सरस्वती श्रेष्ठ ‘सरु’, ईशा शाह, गीता अधिकारी जून, छन्दिका त्रिपाठी, गौरी तमु, लक्ष्मी थापा, शुभ शर्मा, केशु शर्मा, सङ्गीता बराल बिसीलगायतका नारी स्रष्टाले आआफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रम सञ्चालन पोयुसांपका सचिव एमडी काफ्ले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution