प्याब्सन कास्कीको अध्यक्षमा षडानन्द गौतम चयन

  • पोखरा न्यूज
  • २०८१ पौष २९
प्याब्सन कास्कीको अध्यक्षमा षडानन्द गौतम चयन

पोखरा । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कास्कीको अध्यक्षमा षडानन्द गौतम चयन भएका छन् ।

संस्थाको १९औँ अधिवेशनले गौतमलाई सर्वसम्मत अध्यक्षतमा चयन गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद तिमिल्सिना र उपाध्यक्षमा श्रीकृष्ण अधिकारी छन् ।

यस्तै सचिवमा सुरेन्द्रमानसिंह भण्डारी, कोषाध्यक्षमा विधान गौतम, सह-सचिवमा डिल्लीराम अर्याल र सह-कोषाध्यक्षमा नरेशप्रसाद बराल छन् ।

कार्यसमिति सदस्यमा कौशल्या गुरुङ, खीमबहादुर गुरुङ, महेश्वर पराजुली र रेखा थापा कार्की छन् ।

नवनिर्वाचित अध्यक्ष गौतमले संगठनलाई अझ सशक्त र क्रियाशील बनाउँदै निजी विद्यालयको हितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस