
पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
लामिछानेको तर्फबाट थुनछेक बहस सकिएपछि अब जाहेरीवालाकोतर्फबाट शुरू भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा सो बहस भइरहेको हो ।
हिजो सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि लामिछाने हिजो प्रहरी हिरासतमा थिए । तर आज उनी कार्यालय खुल्ने बित्तिकै अदालतल पुगेका थिए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीवार साँझ ६५ लाख धरौँटी बुझाएर पोखराबाट छुटेका थिए ।





