पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकस्थित ४३ वर्ष पुरानो कर्म त्रियाना धर्मचक्र बौद्ध विहार गुम्बा पुनर्निर्माण गरिएको छ ।
उक्त गुम्बा वि.सं. २०३९ मा स्थानीय समाजसेवी सु. मेजर हनरी क्याप्टेन तीर्थबहादुर गुरुङको नेतृत्वमा करिब पाँच रोपनी क्षेत्रफलभित्र स्थापना गरिएको थियो ।
२०७२ को महाभूकम्पले जीर्ण बनाएको उक्त गुम्बालाई आधुनिक र कलात्मक रूपमा पुनर्निर्माण गरी आइतबार शुभारम्भ गरिएको हो ।
आइतबार क्याब्जे मनिवाश्री शेरब ग्याल्छेन रिन्पोछेले पूजा-पाठसहित बौद्ध धर्म परम्परा अनुसार गुम्बा सञ्चालनमा ल्याइएको हो ।
सो अवसरमा ढुप्सेङ रिन्पोछे, ङेदेन रिन्पोछे, बोटुल रिन्पोछे र डुब्वोइन रिन्पोछेले विधिपूर्वक पूजा-पाठ तथा आराधना गरी बौद्ध मूर्तिको प्राण प्रतिष्ठा गराएका थिए ।
करिब तीन करोड रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको तीन तले गुम्बा कास्कीकै नमूना र व्यवस्थित भएको दावी गरिएको छ ।
उक्त गुम्बाको जिम्मेवारी प्रमुख लामा गुरुका रूपमा छिरिङ गुरुङ र तप्के गुरुङले लिएपछि गुम्बाको पुनर्निर्माणको आवश्यकतालाई जोडदार रूपमा अघि बढाइएको थियो ।
स्थानीय श्रद्धालु भक्तजनको सक्रियता र देश-विदेशमा रहेका अनुयायी, विभिन्न जिल्लाका गुम्बा धर्म गुरुको आर्थिक र भौतिक सहयोगमा गुम्बा पुननिर्माण भएको हो ।
गुम्बाको बीचको भागमा सभाहलसहित भगवान गौतम बुद्धको कलात्मक मूर्ति, पूजा-पाठ कक्ष, तल्लो तलामा अफिस तथा अतिथि कक्ष र माथिल्लो तलामा विशिष्ट अतिथि सत्कार कक्ष निर्माण गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution