पाेखरा । पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार पनि प्रहरीको हिरासतमा रहेका छन् ।
सोमबार उनको थुनछेक बहस सकिएर जाहेरीवालाको तर्फबाट शुरू भए पनि उक्त बहस नसकिएपछि उनी सोमबार हिरासतमै रहेका हुन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा सो बहस भइरहेको हो ।
सोमबार कार्यालय खुल्ने बित्तिकै अदालत पुगेका रविलाई बहस जारी रहेकाले प्रहरीकै हिरासतमा पठाइएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ ।
प्रहरीले काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गरेको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौँटी बुझाएर पोखराबाट छुटेका थिए ।
कार्तिक २ देखि उनको हिरासत बसाई ८६ दिन भएको छ । पहिलो चरणमा ८४ दिन भए पनि दोस्रो चरणमा दुई दिन थपिइसकेको छ । उनीमाथि पाँच वटा जिल्लाका सहकारी ठगेको आरोप छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution