पोखरा । आइसीसी यु-१९ महिला टी-२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो ।
मलेसियामा सोमबार भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो ।
नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो । नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए ।
बलिङतर्फ वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई-दुई विकेट लिइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको थियो ।
वेष्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । यस्तै कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन् ।
बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक-एक विकेट लिइन् ।
नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ । माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यु-१९ महिला टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।
उक्त समूहमा बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया रहेका छन् । नेपालले माघ ५ गते बङ्गलादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution