भूमि समस्या समाधान आयोग कास्कीमा बैनबहादुर गुरुङ नियुक्त

  • पोखरा न्यूज
  • २०८१ पौष २९
भूमि समस्या समाधान आयोग कास्कीमा बैनबहादुर गुरुङ नियुक्त

पोखरा । भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा बैनबहादुर गुरुङ नियुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आयोग कास्कीको अध्यक्षमा गुरुङलाई नियुक्त गरेका हुन् ।

मन्त्री अधिकारीले गुरुङसहित ७१ जिल्लामा भूमि आयोग गठन गरेका हुन् । मन्त्री अधिकारीले ७१ वटै जिल्ला अध्यक्षलाई सोमबार सपथग्रहण समेत गराए ।

मन्त्री अधिकारीले अहिले बनेको आयोग इतिहासकै अन्तिम आयोग हुने भन्दै यसले गर्ने काम भूमि व्यवस्थापनको इतिहासमा कोसेढुंगा साबित हुने दावी गरे ।

उनले सरकारले जतिसुकै विरोध सहेर पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरेरै छाड्ने उद्घोष गरे ।

उनले अहिलेको सरकारले तीव्र गतिमा काम गरिरहेको भन्दै वर्षौँदेखि हुन नसकेका कामहरूलाई ६ महिनामै गरेर देखाएको दाबी गरे ।

अब गण्डकीको स्याङ्जा, कोशीको तेह्रथुम, मधेशको सप्तरी र रौतहट, कर्णालीको जुम्ला र सुदूरपश्चिमको बझाङ र कञ्चनपुरमा अध्यक्ष नियुक्त हुन बाँकी छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस