पोखरा । पोखरामा सोमबार अन्तर्राष्ट्रिय कला प्रदर्शनी गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
पोखरा आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा विभिन्न मुलुकका २६ जना कलाकारसहित कास्कीमा क्रियाशील २० जना कलाकारको उत्कृष्ट आर्ट (कला) प्रदर्शन गरिएको छ ।
सृजनशील कलाकार समूह कास्कीको सहकार्यमा भएको प्रदर्शनीमा आकर्षक एवं सन्देशमूलक कला प्रस्तुत गरिएको छ ।
नगर प्रमुख आचार्यले विभिन्न मुलुकका दर्जनौँ कलाकारका कला पोखरामा प्रदर्शनी हुनु आँफैमा महत्त्वपूर्ण रहेको बताए ।
पोखरा महानगरपालिका व्यवस्थित आर्ट ग्यालरी निर्माणको क्रममा रहेको उल्लेख गर्दै उनले अब पोखरेली कलाकारको कलालाई पोखरा घरको सुन्दर आर्ट ग्यालरीमा व्यवस्थापन गरिने बताए ।
पृथ्वीचोकमा पोखरा घरको निर्माण सम्पन्न भएलगत्तै आर्ट ग्यालरी र पुस्तकालयलाई त्यहाँ व्यवस्थापन गरिने उनले स्पष्ट पारे ।
कलाकारले कलाको माध्यमबाट पर्यटन राजधानी पोखराको प्रचारप्रसार र अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्द्धन गर्न निकै ठूलो योगदान गरेको उनले बताए । महानगरपालिका सृजनाका हरेक आयामको संरक्षण, विकास र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution