पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीका अध्यक्ष डा. रामजी शर्मालाई मातृशोक परेको छ ।
उनकी ममतामयी माता पार्वती शर्माको ९२ वर्षको उमेरमा गएराति निधन भएको हो ।
प्रेसरको समस्या बढेपछि आठ दिन मणिपाल शिक्षण अस्पतालमा उपचार पश्चात् घर फर्किएकी उनको घरमै गएराति १०ः४५ बजे निधन भएको हो ।
उनका पति शुकदेव शर्माको यसअघि नै निधन भइसकेको छ । उनका तीन छोरा महदत्त शर्मा, इन्जिनियर ओम शर्मा र डा. रामजी शर्माका साथै एक छोरी सीता देवकोटा छन् । उनका १० नातिनातिना छन् ।
जेठा छोरा महदत्त वरिष्ठ कृषि इन्जिनियरबाट अवकाश प्राप्त हुन् । माइला छोरा ओम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व इञ्चार्ज हुन् भने भैरहवा विमानस्थलका प्राविधिक इञ्चार्ज हुन् ।
कान्छा छोरा डा. रामजी पोखराको न्यू ग्यालेक्सी स्कुलका प्राचार्यसमेत हुन् ।
स्व. पार्वती समाजकी अग्रणी तथा सकारात्मक सोचकी धनी थिइन् ।
उनको आज ११ बजे पोखरास्थित सेतीनदी घाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
यसैबीच हिसान गण्डकीले अध्यक्ष शर्माकी माता पार्वती शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ ।
संस्थाका सचिव डिल्लीराम अधिकारीले एक शोक सन्देश जारी गर्दै पार्वतीको निधनले हिसान परिवार भावविह्वल, स्तव्ध र मर्माहत भएको उल्लेख गरे । उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।
यता, न्यू ग्यालेक्सी स्कुलले पनि प्राचार्य शर्माका ममतामयी माता पार्वतीको निधनप्रति दुःख व्यक्त गर्दै सबै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution