सभ्य समाज निर्माणमा आमा समूहको भुमिका महत्वपुर्ण: मन्त्री थापा

पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई सम्मान् गरेको छ।

समूहको २४ औं साधारण सभा तथा १२ औं अधिवेशनका अवसरमा निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ, सिता थापा, भगवती बस्नेत र हिरा बस्नेतलाई सम्मान् गरेको हो। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, समूहका अध्यक्ष पार्वती बस्नेत र सल्लाहकार होम बहादुर खड्काले सम्मान पत्र, मायाको चिनो र दोशल्ला ओढाएर सम्मान गरे।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा बोल्दै मन्त्री विन्दु कुमार थापाले सभ्य समाज निर्माण  र शसक्तिकरणको क्षेत्रमा आमा समूहले खेलेको भूमिका महत्वपुर्ण रहेको बताउँनुभयो । उहाँले महिलाको क्षमता विकास र उनीहरुलाई आय आर्जन गर्नका लागि सिपमुलक तालिम दिन प्रदेश सरकारले विभिन्न कार्यक्रम अगाडि बढाएको स्पष्ट पार्नुभयो।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडा भित्रका सामाजिक संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न स्थानीय सरकार तयार रहेको बताउँनुभयो। समूहका अध्यक्ष पार्वती बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा हिमालय क्लवका अध्यक्ष मोहन वहादुर थापा, अमला बिसौनी धोविनी पाटन टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापा, मैदान आमा समूहका अध्यक्ष ज्योति बस्नेत, निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतले सामुहिक भावनाबाट नै समाज विकास हुने बताए।

साधारणसभाले सचिव रूपा थापा र कोषाध्यक्ष ज्योति बस्नेतले पेश गर्नुभएको बार्षिक प्रतिवेदन पारित गरेको छ। उपाध्यक्ष गंगा कार्कीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव रूपा थापा खत्रीले गर्नुभएको थियो।

यसैबिच समूहको अधिवेशनले पुन: पार्वती बस्नेतको अध्यक्षतामा १३ सदस्यीय समिती चयन गरेको छ। समूहको प्रथम उपाध्यक्षमा गंगा कार्की, द्वितीय उपाध्यक्षमा रूपा थापा खत्री, सचिवमा सपना थापा, सहसचिवमा गीता अधिकारी, कोषाध्यक्षमा ज्योति बस्नेत, सहकोषाध्यक्षमा शारदा पौडेल र सदस्यमा   श्रीदेवी  थापा,सीता थापा,मंगला खड्का, प्रिती अम्गाई, सुनिता थापा र रेखा थापा बस्नेत रहनुभएको छ।

विसं २०५७ सालमा गठन भएको समूहले महिला सशक्तीकरण तथा त्यस क्षेत्रको सामाजिक विकासमा कार्य गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button