खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था

  • पोखरा न्यूज
  • २०८१ माघ ११
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्ती  (एम बि आस्था) निर्वाचित भएका छन् ।

बिहीबार  सम्पन्न मञ्चको तेस्रो अधिवेशनबाट अध्यक्षका प्रत्यासी सुरज श्रेष्ठलाई नौ मतले पछि पार्दै  आस्था निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका संयोजक अधिवक्ता केशवराज बरालका अनुसार आस्थाले ३६ मत प्राप्त गर्दा  सुरजले २७ मत प्राप्त गरे  ।

उपाध्यक्षमा राजाराम पौडेल, कोषाध्यक्षमा विमल तिवारी र कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएको  बरालले बताए  ।

मतदानबाट समावेशी उपाध्यक्षमा उमा आले मगर, महासचिवमा परशुराम शर्मा आचार्य र सचिवमा राजु गिरी निर्वाचित भए ।

उमाले ३६ मत प्राप्त गर्दा  उनकी प्रतिस्पर्धी राधिका कँडेलले २७ मत ल्याइन् । पर्शुरामले ३८ मत पाउँदा  प्रतिस्पर्धी लक्ष्मी जिसीले २५ मत पाइन् । राजुले  ४१ मत ल्याउँदा  उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत पाइन् ।

सदस्यमा कृष्ण दवाडी, चेतबहादुर थापा (प्रवीण), बसबहादुर शेर्पाा (बसन्त), रिखीराम जिसी, विजय नेपाली, गिता राना र बालकुमारी पौडेल (तारा) निर्विरोध चयन भएका हुन्  ।

मञ्चको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस