टाइगर कपको पहिलो खेल भोलि बिहान १० बजेबाट सुरु हुने

पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुषभलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालकोआयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणकोटाइगर कप भलिबल प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगिताको पहिलो खेल बिहान १० बजेबाट सुरु हुनेछ ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

प्रतियोगितामा सहभागीहुने एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाईभएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।भारतको सुनिलभलिबल क्लब आउन ढिलाई हुँदा ट्राई सिट बनाउन ढिलाई भएको हो ।ट्राईसिट आजै सार्वजनिक हुने प्रतियोगिता संयोजक ज्ञवालीले बताए ।

प्रतियोगिताको उद्घाटन खेल भने दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।उद्घाटन खेल महिलातर्फ आयोजक टोलीले खेल्नेछ । अरुणा शाहीको
कप्तानीमा रहेको आयोजक टोलीमा थाइल्यान्डका ३ खेलाडी अनुबन्ध भएकाछन् । विपक्षी टोलीको भने टुंगो लागेको छैन । पहिलो दिन ३ खेल हुनेछन् ।

प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका छन् ।विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब,
थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागीहुने छन् । पुरुषतर्फ हेल्‌प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ,नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिताहुँदैछन् ।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्डस्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफपोखरा नेपाल छन् । यसपालि आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ ।प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् । शनिबारबाटसुरु हुने पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको खेल हेर्नका लागि अनलाइनबाट टिकट काट्न सकिनेछ । इसेवामार्फत अनलाइन टिकट काट्न सकिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button