पोखरा। एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाईसोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबारबिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सोझो सेटमापराजित गरेको हो ।
आयोजक टोलीले आर्मीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रोसेट २५–२१ ले पराजित गर्यो । यसअघि शनिबार खराब प्रकाशका कारण खेल स्थगितभएपछआइतबार पुनः गराइएको थियो ।
आयोजक टोलीको नेतृत्व राष्ट्रियटोलीकी कप्तान अरुणा शाहीले गरेकी छन् । टोलीमा ३ थाइल्यान्डकाखेलाडी समावेश गरिएको छ ।
प्रतियोगितामा अब पुरुषतर्फका खेल सुरु हुनेछन् । पुरुषतर्फ पहिलो खेलडिफेन्डिब च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबलक्लब, कुरुक्षेत्रको टिमबिच हुँदैछ । उक्त खेल केही बेरमा सुरु हुनेछ । दोस्रोखेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ ।
टाइगर ग्रुपअफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution