पोखरामा १४ लाख ७४ हजार नगद चोरी गर्ने युवायुवती पक्राउ

पोखरा । पोखराबाट चोरी गरेको रकमसहित प्रहरीले बुटवलबाट दुई युवायुवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालीका -१० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जा भिरकोट नगरपालिका -३ घर भएकी २९ वर्षिया पुजा श्रेष्ठ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा बुटवल स्थित कालिका नगरको एक होटलबाट १२ लाख ५२ हजार ५८० रुपैया नगदसहित आइतबार उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार उनीहरुले पोखराको सिर्जनाचोकमा रहेको साईमन पार्टि प्यालेसको कार्यालयबाट शुक्रबार दिउसो १४ लाख ७४ हजार नगद चोरी गरेर भागेको अनुसन्धानबाट खुलेको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलिले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुमाथी अदालतबाट चोरी तथा डाँका मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button