माझठाना–पोखरा सम्पर्क समाजको बृहत स्वास्थ्य शिविर

पोखरा। सामाजिक सेवामा समर्पित माझठाना–पोखरा सम्पर्क समाजलेबृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

पोखरा २८ रैकरस्थित रत्नशोभा माविमाआयोजित शिविरमा ८५१ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।शिविरमा विभिन्न रोगका विशेषज्ञहरुबाट आँखा, पेट, छाती तथा मुटु,हाडजोर्नी तथा नशा रोग, क्षेयरोज, दाँत, स्त्रीरोग, मानसिक रोगको परिक्षणगर्नुका साथै एक लाख ८० हजार मुल्य बरावरावरको औषधि निशुल्क वितरण गरिएकोथियो ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

सो अवसरमा बरिष्ठ पेट छाती तथा मुटु रोग विशेषज्ञ डा. चन्द्र बहादुर पुन,बरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा.निर्मल लामिछाने, बालरोग विशेषज्ञ डा. गणेशविक, भिडियो एक्स रे डा. पुजन शर्मा लगायतले विरामीको स्वास्थ्य परिक्षणगर्नुभएको थियो । शिविरमा रक्तचाप, सुगर र पि.एफ.टी समेत परिक्षण गरिएकोथियो ।हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा दुई सय ६९जनाको आँखा परिक्षण गरिएकोमा २८ जनामा मोतिया विन्दु देखिएको थियो ।जसमा आठ जनाको तत्काल शल्यकृया गर्नुपर्ने देखिएको समाजका अध्यक्षभोलानाथ ओझाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार शिविरमा पेट,छाती तथा मुटुका दुईसय ५५, हाडजोर्नी तथानशारोगका १०५, दाँतका ११०, क्षयरोग ९१, स्त्रीरोग सम्वन्धि १७ र मानसिक रोगका चारजनाले स्वास्थ्य सेवा लिनुभएको थियो ।समाजका उपाध्यक्ष एवम् प्रचारप्रसार समिति संयोजक राकृष्ण तिवारीका अनुसारशिविरमा आठजना मोतिया विन्दुका विरामीको तत्कालन शल्यकृया गर्नुपर्ने देखिएकोछ । आर्थिक अवस्था कमजोर भएका उनीहरुको शल्यकृयाको लागि हिमालय आँखाअस्पतालसंग समन्वय गरिने उहाँको भनाई छ ।

पोखरा महानगरपालिका वडा नं. २८ का वडाअध्यक्ष एवम् समाजका संस्थापकश्रीकृष्ण लामिछानेले स्थानीय स्तरमा स्वास्थ्यको पहुँच पुर्‍याउन शिविरलेमहत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।“विभिन्न रोगकोपरिक्षणका लागि आवश्यक उपकरण सहित १० जना चिकित्सकलेसेवा दिनु भनेको शिविरले अस्पतालको झल्को दिएको छ” उहाँले भन्नुभयो,“सामाजिक क्षेत्रमा गरिने प्रत्येक कृयाकलापमा वडाबाट सक्दो सहयोग गनेर्प्रतिवद्धता व्यक्त गर्दछु ।”कायक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा.निर्मल लामिछाने र सचिव नरेशतिवारीले विभिन्न अस्पताल र चिकित्सकहरुले पुर्‍याएको योगदानको उच्च कदर गर्दैसमाजले शिविरको आयोजना गरेर सामाजिक उत्तरदायित्व पुरा गरेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button