पोखरा । वर्डप्रेसमा रुचि राख्ने डेभलपर, डिजाइनर, ब्लगर, व्यवसायी तथा प्रविधि प्रेमीहरूलाई लक्षित गर्दै वर्ड क्याम्प पोखरा मिटअपको आयोजना हुने भएको छ । वर्डप्रेस पोखरा कम्युनिटीले पोखराको महेन्द्रप्लमा रहेको गण्डकी विश्वविद्यालयमा वर्डप्रेस पोखरा फेब्रुअरी मिटअपको आयोजना गर्न लागेको हो ।
मिटअपमा वर्डप्रेस प्लगिन डेभलपमेन्ट सम्बन्धी वर्कसप तथा वर्डक्याम्प नेपाल २०२५ को विषयमा छलफल हुनेछ । साथै वर्डप्रेस कम्युनिनिटीको बारेमासमेत छलफल हुनेछ । वर्डप्रेसका अनुभवी वर्डप्रेस सोलुसन इन्जिनियर रेगन खड्गीले वर्डप्रेस प्लगिन डेभलपमेन्ट बारेमा प्रशिक्षण दिनेछन् । रेगन खड्गी वर्डप्रेसमा १३ वर्षभन्दा बढी अनुभव भएका विज्ञ हुन् । उनले अनलाइन खबर तथा जर्मनीस्थित प्लान्टुराको लागि प्लगिन विकास गरिसकेका छन् । कार्यशालमा वर्डप्रेस प्लगिन डेभलपमेन्ट बेसिक स्ट्रक्चरदेखि पहिलोपटक कस्टम वर्डप्रेस प्लगिन बनाउने तरिकाहरुबारे सिकाइनेछ । साथै वर्डप्रेसको कार्यक्षमता विस्तार गर्ने महत्वपूर्ण तरिकाहरुबारे पनि प्रशिक्षण दिइनेछ।
वर्डप्रेस पोखरा मिटअपको दोश्रो सत्रमा WordCamp Nepal 2025 अपडेट” मा Rigorous Web & Aarambha Themes सस्थापक सुरेन्द्र श्रेष्ठले WordPress Community र कार्यक्रमबारे जानकारी दिनेछन् । साथै WordCamp Nepal 2025 को तयारी र आयोजनाबारे जानकारी दिइनेछ भने WordPress Coumminity मा योगदान गर्ने अवसरहरू प्रदान गरिनेछ ।
सुरेन्द्र श्रेष्ठ १५ वर्षभन्दा बढी अनुभव भएका वर्डप्रेस विशेषज्ञ हुन्। उनले WordCamp Kathmandu, WordCamp Asiaजस्ता प्रतिष्ठित कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका खेलिसकेका छन् । साथै अहिले आयोजना हुदै गरेको WordCamp Nepal २०२५ मा Program Lead को रुपमा काम गर्दै हुनुहुन्छ .
वर्डप्रेसमा करिअर बनाउन चाहनेहरूका लागि वर्डप्रेस मिटअप महत्वपूर्ण अवसर हुने आयाेजककाे भनाइ छ। आफ्नै कस्टम प्लगिन विकास गर्ने आधारभूत र व्यावहारिक ज्ञान प्राप्त गर्ने मौकाका साथै वर्डक्याम्प नेपाल २०२५ को तयारीबारे जानकारी प्राप्त गर्ने अवसर पनि प्राप्त हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution