राम लक्ष्मण युथ क्लबलाई रिमा स्मृति सेभेन ए साइड फुटबलको उपाधि

  • पोखरा न्यूज
  • २०८१ माघ २१
राम लक्ष्मण युथ क्लबलाई रिमा स्मृति सेभेन ए साइड फुटबलको उपाधि

स्याङ्जा । नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिका कार्यसमित स्याङ्जाद्वारा आयोजित दोस्रो स्वर्गीय रिमा स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि
राम लक्ष्मण युथ क्लबले जितेको छ ।

शनिबार फेदीखोला रंगशालामा भएको प्रतियोगिताको फाइलनमा निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेपछि पेनाल्टी शूट आउटमा आयोजक नेविसंघ सि लाई ७-६ गोल अन्तरले हराउँदै राम लक्ष्मण युथ क्लबले उपाधि हात पारेको हो ।

उपाधिसंगै राम लक्ष्मण युथ क्लबले नगद रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेतामा सिमित आयोजक नेविसंघ फेदीखोला कार्यसमिति सि’ले नगद
रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको छ ।

प्रथम पुरस्कारको सौजन्य पोखरा–स्याङ्जा तरुण सम्पर्क समितिका संयोजक अनिल खाँड ठकुरीले गरेका थिए भने द्वितीय पुरस्कारको प्रायोजन नेपाल
विद्यार्थी संघ फेदिखोला सदस्य कुश खड्का (झ्यानी)ले गरेका थिए ।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस फेदीखोला गाउँपालिकाका सभापति महेन्द्र थापाले पुरस्कार
वितरण गरेका थिए ।

यही माघ १६ गतेदेखि १९ गतेसम्म चलेको प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस