अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलः ब्रदरहुड, युके मास्टर्स र बानेश्वर च्याम्पियन

पोखरा। ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा बगर भाइखलकद्वारा आयोजित १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

तिन वटा उमेर समूहमा (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि)  भएको प्रतियोगिताको ४० वर्षतर्फ ब्रदरहुड काठमाडौं च्याम्पियन बनेको छ ।
फाइनल खेलमा गार्डेन एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै ब्रदरहुड च्याम्पियन बनेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उपाधि जितेको ब्रदरहुडले नगद रु २ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गार्डेनले नगद रु १ लाख शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे  । उक्त विधामा ब्रदरहुड भेट्रान्सका बुद्धराज लिम्बु सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।

यस्तै सोही टिमकै गोलरक्षक मिन बहादुर बस्नेत, सोही टिमकै अंगुर कुमार खड्की उत्कृष्ट स्ट्राइकर, गार्डेनका विनोद गुरुङ उत्कृष्ट मिडफिल्डर, सोही टिमकै किरण गुरुङ उत्कृष्ट डिफेण्डर र ब्रदुहुडका कोमल खवास उत्कृष्ट प्रशिक्षकबाट पुरस्कृत भए ।यस्तै ५० वर्ष उमेरसमूहतर्फ बानेश्वर भेट्रान्सले हेटौडा भेट्रान्सलाई ५–० गोल अन्तरले पराजित गर्दै बोनेश्वरले उपाधि जित्यो ।

उपाधि जितेको बानेश्वरले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको हेटौडाले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उक्त विधाबाट  बानेश्वरका हरिहर थापा सर्वाेत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भए ।

६० वर्षतर्फ युके मास्टर्स देहरादुनले सिडिएफए चितवन भेट्रान्सलाई १–० गोल अन्तरले हराउँदै च्याम्पियन बन्यो । युके मास्टर्सले उपाधिसँगै नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने, उपविजेता चितवन भेट्रान्सलाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । उनका अनुसार उक्त विधामा देहरादुनका भरत घोसाई सर्वाेत्कृष्ट खेलाडी बने ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, चिरायु नेशनल अस्पतालका प्रतिनिधि, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना पोखरा १ का वडाध्यक्ष साहरा प्रधान, तमु धि युकेका प्रतिनिधि, बगर भाइखलक युकेका प्रतिनिधि, भाइखलकका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

गत १५ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखरा लगातयका ३९ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button