जानकी मावि वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा

  • पोखरा न्यूज
  • २०८१ माघ २३
जानकी मावि वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा

पोखरा। पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अर्न्तगत बुधबार २ खेल सम्पन्न भएका छन् । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा बुधबार भएकोे खेलमा पोखरा स्पाईरल ग्यालेक्सी र जानकी मावि बिजयी भएका छन्।

बुधबारको खेलमा पोखरा स्पाईरलले ओम एकेडेमीलाई १-० का गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो । पोखरा स्पाइरलको जितमा अनिल खाँडले एक गोल गरे । खेलमा पोखरा स्पाइरलका सृजन थापा क्षत्री म्यान अफ दी म्याच घोषित  भए ।

अर्को खेलमा श्री जानकी मा.वि.ले शिशु निकेतन ईङलिस स्कुललाई २-१ को झिनो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा तय गरेको हो । जानकीको जितमा म्यान अफ दी म्याच घोषित अभिशेक मल्लले २ गोलको योगदान दिए । शिशु निकेतनका रोसन गुरुङले एक गोल गरे ।

भोलि (विहिबार) ३ वटा क्वाटरफाइनलका खेलहरु हुने भएको प्रतियोगिताका संयोजक विनोद परियारले बताए । विहिबार ८ः३० बजे हिमालयन बोर्डिङ स्कुल र शान्ति निकुञ्ज बोर्डिङ स्कुल बिच पहिलो खेल हुने भएको छ भने दोस्रो खेल ढुङ्गेसाघु बोर्डिङ स्कुल र फिस्टेल एकेडमी बिच बिहान ९ः३० बजे हुने भएको छ ।

अर्को खेल भने दिउँसो १ः०० बजे एल पी देबकोटा बोर्डिङ स्कुल र पोखरा स्पाईरल ग्यालेक्सी बिच हुने भएको क्लवले जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा संचालन भएकोे प्रतियोगितामा यही माघ २६ गतेसम्म संचालन हुने क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस