|प्रतिनिधिमुलक तस्बिर
पोखरा । पोखरामा मोटरसाइकल दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।
कास्की प्रहरीका अनुसार पोखरा -६ स्थित लेकसाइडमा गएराति करीव एक बजे भएको दुर्घटनामा मोटरसाइकल चालक पोखरा कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका सोहि उमेरका सुजल अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर अविनाश दीप जिसीले जानकारी दिए । जिसीका अनुसार रानाभाटको २:१४ बजे र अधिकारीको २:१८ बजे निधन भएको हो ।
लेकसाइडको स्ट्रीट ३ बाट शहीदचोकतर्फ जाने क्रममा उनीहरु सवार ग १३ प ६७१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाई सडक छेउमा रहेको सोलारको पोलमा ठोकिएर दुर्घटना भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution