पोखरा । पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा हुने भएको छ ।
शनिबार पोखरा प्रदर्शनी केन्द्रमा एक समारोह मार्फत भ्रमण वर्षको घोषणा गरिने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।
एक हजार ५० सदस्यीय मूल आयोजक समिति, निर्देशक समिति, कार्यसम्पादन समिति र ४३ वटा उपसमिति बनाएर भ्रमण वर्ष मनाउने तयारी गरिएको उनले बताए ।
मूल आयोजक समिति र निर्देशक समिति आफ्नै संयोजकत्वमा र पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति बनाइएको मेयर आचार्यले बताए । कार्यपालिका सदस्यहरूको संयोजकत्वमा विभिन्न उपसमितिहरू निर्माण भएको उनले जानकारी दिए ।
पोखरा भ्रमण वर्षका अवसरमा पर्यटन क्षेत्रका संघ संस्था र सरकारी तवरबाट दिन सकिने सकिने छुट सहितका प्याकेजहरू औपचारिक घोषणा सभामार्फत जानकारी गराइने मेयर आचार्यले बताए ।
भ्रमण वर्षलाई सफल पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटी लागि आवश्यक समन्वय गर्दै छिमेकी तथा देशका मुख्य सहरहरूमा सिधा उडानको व्यवस्था गर्न पहल गरिने उनले बताए ।
छिमेकी राष्ट्र चीनले नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र भारतले समेत वेलनेस पर्यटकलाई नेपाल महत्त्वपूर्ण गन्तव्य भनेर सूचीकरण गरिसकेको अवस्थामा प्रवर्धनका कार्यक्रमहरु र प्याकेज बानाएर पोखरा भ्रमण वर्षमा पर्यटक तान्न सकिने मेयर आचार्यले बताए ।
भ्रमण वर्ष मनाउदै गर्दा २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य राखिएको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution