पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुनमा सल्किएको आगोबाट अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।
प्रदर्शनी केन्द्रमा बेलुन उडाएर कार्यक्रमको उद्घाटन गर्ने क्रममा आगो सल्किएर बेलुन विस्फोट हुँदा उक्त दुर्घटना भएको हो ।
बेलुन उडाउने क्रममा नजिकै उत्सव मनाउन गरिएको कोल फायरको आगोको झिल्का मेयर आचार्य र अर्थमन्त्री पौडेलले समातेको बेलुनमा सल्किएको हो । आगोले उनीहरुको हात र गालामा जलेको छ ।
उनीहरुलाई पोखरामा प्राथमिक उपचार पश्चात सिम्रिक एयरको हेलिकप्टर मार्फत थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।
घाइते पौडेलको गण्डकी मेडिकल कलेज र आचार्यको फिस्टेल अस्पतालमा प्राथमिक उपचार गरेर काठमाडौं लगिएको हो ।
पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न लागेको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution