नेपाली भाषा शिक्षक परिषद् कास्कीको आठौँ अधिवेशन, लम्सालको अध्यक्षतामा नयाँ समिति

पोखरा । कास्कीका नेपाली भाषा शिक्षकहरुको साझासंस्था नेपाली भाषा शिक्षक परिषद् कास्कीको आठौँ अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले सूर्यप्रसाद लम्सालको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ समितिको वरिष्ठ उपाध्यक्षमा विक्रम पौडेल ,उपाध्यक्षमा इन्दिरा सापकोटा ,महासचिवमा शिवहरि सुवेदी ,सचिव शशि शिशिर ढुङ्गाना, कोषाध्यक्ष हरिप्रसाद ढुङ्गाना र सदस्यहरूमा प्रेमनारायण ढकाल,पोष्टराज सुवेदी,भावना लामिछाने, ध्रुववन्धु रिजाल, होमनाथ भट्टराई अमृत पौडेल ,झलकनाथ आचार्य ,रत्नाकुमारी विश्वकर्मा र सावित्री पहारी भट्टराई निर्वाचित भएका छन्। निर्वाचन मण्डलमा संस्थाका सल्लाहकार बोधराज ढकाल ,लोकचन्द्र खनाल र दिनेश सापकोटा रहेका थिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भाषा सभ्यताको संवाहक हो भन्ने मूल मन्त्रका साथ वि सं २०६६मा स्थापित नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालको पन्ध्रौँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन प्रतिभा माध्यमिक विद्यालय पोखराको सभाहलमा परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रा. डा. देवीप्रसाद गौतमले नेपाली भाषाका विषयमा सबै गम्भीर हुनुपर्ने विचार राखेका थिए। हाम्रो शिक्षा पद्धतिमा रहेका केही त्रुटीका कारण पनि नेपाली भाषा शिक्षण केही जटिल बनेकोे भन्दै उनले भाषा शिक्षणले विचारलाई मनन र आत्मसातकरण गर्न सहयोग गर्ने धारणा राखे ।उक्त कार्यक्रमका अवसरमा भाषाको उन्नयनमा योगदान पुर्‍याएकामा संस्थाका सल्लाहकार प्रा. डा . रामनाथ ओझालाई प्रमुख मानार्थ सदस्यको पदवीसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा सम्मानित व्यक्तित्व प्रा.डा रामनाथ ओझा, सल्लाहकार सह प्रा. डा यामनाथ तिमिल्सिना ,सह प्रा. डा पुण्यप्रसाद शर्मा, स्थापनाकालीन अध्यक्ष माधवशरण उपाध्याय ,उप प्रा . डा .बोधराज ढकाल, पूर्व अध्यक्ष लोकचन्द्र खनाल ,डोलराज अर्याल सल्लाहकार दिनेश सापकोटाले परिषद्को विगतदेखि वर्तमानसम्मको चर्चा गरे । यस्तै हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी ,प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम ,नेपाली भाषा शिक्षक परिषद् म्याग्दीका अध्यक्ष रमेश पौडेल, एन प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारी ,गणित शिक्षा परिषद्का अध्यक्ष डिल्लीराम अधिकारी , सामाजिक अध्ययन मञ्च कास्कीका अध्यक्ष गोविन्द काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्सालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव शिवहरि सुवेदी र सचिव नारायण पराजुलीले गरेका थिए ।सस्थामा हाल २ सय ४ आजीवन सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button